घान्द्रुक फुलिवाङका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग
पाेखरा | मंसिर २, २०८१
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक फुलिवाङ स्थित जनसेवा आधारभुत विद्यालयमा अध्ययनरत २५ जनालाई विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुक र एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई करिव ५० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए ।
‘घान्द्रुकको कोँड नास डकुमेन्ट्री प्रदर्शनको लागि म जापान गएको थिए, जापानमा एच एस वि जापानका विनोद शेरचनसँग भेटघाट भयो’ गुरुङले भने, ‘डकुमेन्ट्री प्रदर्शन पश्चात शैक्षिक सामग्रीका लागि उहाँले सहयोग गर्नुभयो, आज एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको हो ।’
लामा अमृत फाउण्डेशन घान्द्रकले कास्की लगायत विभिन्न विद्यालयमा विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गर्दै आएको छ । यस्तै फाउण्डेशन सामाजिक कार्यमा समेत क्रियाशिल रहँदै आएको छ ।
अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै जिर्ण अवस्थामा रहेको विद्यालय पुनः निर्माण गर्न पहल गर्ने बताए ।
जनसेवा आधारभुत विद्यालयका प्रधानाध्यापक अनिता विकले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको भन्दै लामा अमृत फाउण्डेशन र एच एस वि जापानलाई धन्यवाद दिईन् ।
२०७२ सालको भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालन गरेपनि वर्खा याममा परेको अविरल वर्षाका कारण पुनः विद्यालयमा क्षति पु¥याएको बताईन् ।
‘भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालनमा ल्याएका थियौ, केही महिना अगाडि परेको अविरल वर्षाले पुनः विद्यालयलाई असर पु¥याएको छ’, विकले भनिन्, ‘विद्यालयको भवन बनाउन रक्षा बहादुर गुरुङले फुलिवाङमा ३ रोपनी जग्गा दिनुभएको छ, अब चाँदै नै उक्त जग्गामा भवन निर्माण गछौं ।’
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

